देउराली संघ नक्आउट फूटबलः बी७ गुइठाबजार दोस्रो राउण्डमा

photocollage_2022914194521877.jpg

१४ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बुधवार बी७ गुइठाबजारले जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा बी७ गुइठाबजारले भुट्टाबारी एफसी-लाई ३-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट सुरज तिर्कीले २ अनि आकाश तामाङले १ गोल गरे। यसरी नै भुट्टाबारी एफसी-बाट मञ्जिलले १ गोल गरे। बिहीवारदेखि दोस्रो राउण्डका म्याचहरू शुरु हुनेछ। भोलि खेलिने म्याचमा पीएस दिलाराम र बेलगाछी स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement