सुनसरी (दुहबी): सुनसरीको दुहवीमा छठ पूजा समितिको नयाँ नेतृत्व चयन गरिएको छ। दुहवी स्थित शिव मन्दिरको परिसरमा सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो।
भेलाले अरुण हलुवाईको अध्यक्षतामा १० कार्य समिति चयन गरेको छ। समितिको वरिष्ट उपाध्यक्षमा राकेश डाँगी, कुनाल रौनियार, उपाध्यक्षमा राणा हलुवाई, शम्भु हलुवाई, बुदु रौनियार, सचिवमा ऋषि शाह, सह-सचिवमा नवीन कुमार रौनियार, कोषाध्यक्षमा चन्दन बैठा, सह-कोषाध्यक्षमा जीवन लुइटेल रहेका छन्। सदस्यहरुमा बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारीहरु रहेका छन्।
दुहवी स्थित नदी किनारमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले आजबाटै आवश्यक कामको थालनी गरेको छ। छठ पूजा यहि अक्टूबर ८ र ९ मा परेको छ।
प्रेम र सदभावको प्रतिकको रुपमा रहेको यो पर्व अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घदिए संगै समापन हुने गर्छ।
दुहवीको नदी किनारमा हरेक वर्ष हजारौं श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेको छ।









