भिलवाडा: राजस्थानको मेवाडका ग्रामीण इलाकामा चल्ने विवाहपछि विवाहित महिलामा ‘भर्जिनिटी टेस्ट’ ‘कुकडी’ गर्ने प्रचलन अझै छाडेको छैन। मेवाडको भीलवाडा जिल्लामा भर्जिनिटी टेस्टमा फेल भएकी छिन्। त्यसमा समाजको खाप पञ्चायतले शुद्धीकरणको नाममा विवाहित युवती र उनका परिवारका सदस्यलाई १० लाख रुपियाँ जरिवाना लगाएको छ। जरिवाना नतिर्दा विवाहित महिलालाई निरन्तर मानसिक यातना दिइँदै आएको छ। त्यसैले विवाहित युवतीले विवाह गरेको पाँच महिना बितिसक्दा पनि घर बसाउन सकेकी छैनन्। विवाहित युवतीलाई विवाहअघि नै बलात्कार गरिएको थियो। उनको मुद्दा भिलवाड़ा शहरको सुभाष नगर पुलिस स्टेशनमा दर्ता गरिएको छ। अहिले पीडित युवतीले पति र ससुरालीविरुद्ध बागोर पुलिस थानामा मामला दायर गरेकी छिन्।
पीडित युवतीको ११ मईमा विवाह भएको माण्डलका पुलिस उपाधिक्षक सुरेन्द्र कुमारले बताए। विवाहपछि उनको समाजको ‘कुकड़ी प्रथा’अन्तर्गत उनको कुमारीत्व परीक्षण गरिएको थियो। त्यो पूरा गर्न सकिनन्। आफन्तले विवाहित युवतीलाई सोधपुछ गर्दा बिहेअघि उनको छिमेकमा बस्ने एक युवकले बलात्कार गरेको खुलासा भयो। यसबारे सुभाष नगर पुलिस थानामा मुद्दा दर्ता भएको छ। पछि पीडितले ‘कुकड़ी प्रथा’ र आफूमाथि दुर्व्यवहार गरेको भन्दै पुलिसमा उजुरी गरिन्। यस विषयमा अनुसन्धान भइरहेको छ। माण्डलका सीओ सुरेन्द्र कुमारले अनुसन्धान गरिरहेका छन्।
भनिन्छ, विवाहित युवतीको कुमारीत्व परीक्षणपछि उनीमाथि विगतमा भएको बलात्कारको कुरा बाहिर आएको थियो। त्यसपछि बागोरको भादु माता मन्दिरमा समाजको पञ्चायत बस्यो। पुलिसमा उजुरी आएपछि विवाहित महिलाका ससुराली र समाजका पञ्चलाई अवगत समेत गराइएको थियो। तर यसका बाबजुद पनि ३१ मई फेरि पञ्चायत राखियो। त्यसमा पीडित पक्षलाई १० लाख रुपियाँ जरिवाना तिर्न आदेश दिइएको थियो। सबै कुरा थाहा पाएर पनि ससुरालीको तर्फबाट समाजको पञ्चायत राखिएको पीडितको आरोप छ। शुद्धिकरणको नाममा उनको पेहार पक्षलाई पञ्चायतले १० लाख रुपियाँ जरिवाना लागेको छ। विगत पाँच महिनादेखि जरिवानाका लागि दुर्व्यहार भइरहेको विवाहित युवतीको आरोप छ। यसैमा उनले अहिले पुलिसको शरण लिएकी छन्। ‘कुकड़ी प्रथा’को कारण जिल्लाका कैयौं युवतीको जीवन बर्बाद भएको बताइएको छ। यो प्रथापछिको यातनाबाट दिक्क भएर कयौं छोरीले आत्महत्या पनि गरेका भनाइ छ।










