दुष्कर्मको शिकार नाबालिक भईन् गर्भलती

1a227050-c158-4993-b872-fc8feaace530

कालचिनी/अलिपुरद्वारः कक्षा ५ पढ़ेर स्कूल छुटाई बसेकी एकजना आदिवासी नाबालिक विद्यार्थी तीन महीनाकी गर्भवती बनेको घटनाले अलिपुरद्वार जिल्ला पुनः लज्जित बनेको छ। प्राप्त जानकारीअनुसार उक्त युवतीले पेट दुखेको महसुस गरेर परिवारको सहयोगितामा बालिकालाई ग्रामीण स्वास्थ्य केन्द्रमा लगेर जाँच गराउँदा नाबालिक ३ महीनाको गर्भवती भएकी सुन्दा परिवारका सदस्यहरू छाँगोबाट खसे झैँ भएको थियो। नाबालिकलाई सोधखोज गर्दा गाउँकै एकजना नाबालक किशोरले नाबालिकलाई दुष्कर्म गरेको आरोप लगाएकी छन्। पीड़ित परिवार र पुलइस सुत्रबाट थाह लागेअनुसार अभियुक्त नाबालक केटो पहिलादेखि नाबालिकाको घरमा आउने जाने गर्दथे।
नाबालिकाका बाबुआमा कामको लागि बाहिर निस्कँदा आरोपी नाबालक घरमा बस्ने गरेको र जाँड़ खाएर फकाई फुस्लाई गर्ने र कहिले मिठाई दिने नमाने भय देखाएर जबरजस्ती गर्ने गर्थे। नाबालिका केटीले आरोपी नाबालक केटाले तिनलाई पटकपटक दुष्कर्म गरेको आरोप लगाएकी छन् । नाबालिकाको परिवारले घटना खुलस्त भएपछि मध्यस्थताको बैठक गर्न पञ्च बोलाएको तर उक्त मध्यस्थता बैठकमा आरोपी नाबालकको परिवार अनुपस्थित रहेको थाह लागेको छ। यता अलिपुरद्वार महिला थाना प्रभारी तृष्णा लिम्बुले नाबालिकाको परिवारले थानामा लिखित उजुरी दिएको बताएकी छन् भने पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएकी छन्।

About Author

Advertisement