दुर्गा पूजालाई युनेस्को सम्पदाको रूपमा घोषणा गरेपछि पश्चिम बङ्गालमा विशाल र्‍याली गरिने

दुर्गा पूजालाई युनेस्कोको सूचीमा राखेपछि मुख्यमन्त्रीले गरिन् र्‍याली निकाल्ने घोषणा

कोलकाता: पश्चिम बङ्गाल सरकारले यस वर्ष दुर्गा पूजालाई ठूलो मात्रामा मनाउने योजना बनाएको छ। १ सेप्टेम्बरमा कोलकातामा युनेस्कोका प्रतिनिधिहरूलाई राज्य सरकारद्वारा सम्मानित गरिने छ र यससँगै सरकारले विशाल र्‍याली निकाल्ने योजना पनि बनाएको छ। जोरासनकबाट शुरु भएर कोलकाताको रेड रोडमा समाप्त हुने यो विशाल र्‍यालीमा मुख्यमन्त्री ममता ब्यानर्जी पनि सहभागी हुनेछिन्। यो र्‍यालीमा बङ्गाली संस्कृतिलाई प्रस्तुत गरिने स्रोतले जनाएको छ। र्‍यालीका सम्बन्धमा सूचना तथा संस्कृति विभागले निर्देशिका जारी गरेको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘हामी सबै युनेस्को प्रतिनिधिहरूलाई सम्मान गर्नेछौं, दुर्गा पूजालाई अब सम्पदाको रूपमा स्वीकार गरिएको छ, हामी सबै यसलाई हर तरिकाले मनाउने छौं र तपाईंहरू सबै यो र्‍यालीमा सामेल हुनुहोस्। यो र्‍यालीबाट विश्वले बङ्गालको रङ देख्नेछl’ यस रंगीन र्‍यालीमा सहभागी हुन सबै जिल्लालाई आग्रह गरी १७ बुँदे निर्देशिका जारी गरिएको छ। जसअनुसार कालो छाता वा कालो रङ कत्ति पनि प्रयोग गर्न नहुने र र्‍यालीमा आउने सबैले र्‍यालीलाई पूरै रंगीन राख्ने प्रयास गर्नुपर्छ। राज्य सरकारको महत्वपूर्ण कार्यक्रम ‘लखीर भण्डार’ जसअन्तर्गत महिलालाई हरेक महिना रकम दिइन्छ, त्यसलाई पनि र्‍यालीमार्फत प्रदर्शन गरिने छ। यस र्‍यालीमा यस योजनाबाट लाभ लिइरहेका ५०० महिला पनि सहभागी हुनेछन्। यस र्‍यालीमा स्व-सहायता समूहका महिलाहरू पनि सहभागी हुनेछन्। यस र्‍यालीले सांस्कृतिक सम्पदालाई झल्काउने भएकाले विद्यालयका बालबालिका पनि सहभागी हुनुपर्ने निर्देशिकामा भनिएको छ। त्यसैले विद्यार्थीहरूले युनेस्कोलाई पनि धन्यवाद दिनेछन्।

दुर्गा पुजाको पर्यटनको हिसाबले देशमा मात्रै नभएर विश्वमै महत्व छ। यस्तो अवस्थामा दुर्गा पूजाले व्यवसायिक दृष्टिकोणले पनि ठूलो बजार सृजना गर्छ। यसैले १ सेप्टेम्बरमा पश्चिम बङ्गालले यो र्‍यालीको योजना बनाएको छ ताकि धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित गर्न सकियोस्। उक्त अवसरमा विशेष गीत पनि तयार गरिएको छ र र्‍यालीमा वाणिज्य दूतावासका पाहुनाहरुको पनि उपस्थिति रहनेछ। १ सेप्टेम्बरदेखि दुर्गा पुजा उत्सवसम्म शुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य दुर्गा पुजा उत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने रहेको छ।

About Author

Advertisement