दुर्गापुर: राज्य सरकारको स्वच्छता एवं जनजागरूकता अभियान आयोजना पहल अन्तर्गत दुर्गापुरको सिटी सेनन्टर बस स्ट्याण्ड क्षेत्रमा विशेष स्वच्छता एवं जनजागरूकता अभियान आयोजना गरियो। उक्त अभियानमा मन्त्री अग्निमित्रा पालले स्वयं झाड़ु बोकेर सड़क उत्रेर सफाई अभियानमा भाग लिइन्।
उनको यस कदमले मानिसहरूलाई उत्साहित पाऱ्यो।
कार्यक्रममा पश्चिम बर्धमानका जिल्लाधिकारी एस पोन्नाबलम, दुर्गापुर नगरनिगमका आयुक्त अबुल कलाम आजाद इस्लाम, नगर एवं शहरी विकास विभागका अधिकारी तथा सफाई कर्मीहरू उपस्थित थिए। ‘निर्मल बन्धु’ औ ‘निर्मल साथी’ -को साथमा मन्त्रीले बस स्ट्याण्ड र वरपरका क्षेत्रहरूको सर-सफाई गरिन्। उनले स्थानीय पसलेहरूसित बातचित गर्दै आफ्नो प्रतिष्ठान तथा वरिपरीको क्षेत्रलाई सफा राख्ने अपील गरिन्।
शहरवासीहरूलाई कड़ा सन्देश दिँदै मन्त्री अग्निमित्रा पालले भनिन्, भीड़भाड़ हुने ठाउँ, सड़क अनि बस स्ट्याण्डको मैला-कुचैला र पान खाएर थुक्ने प्रवृत्तिलाई अब सहन गरिनेछैन। नियमहरूको उल्लङ्घन गर्नेहरूविरूद्ध चाँड़ै जरीमाना लगाउने व्यवस्था लागू गरिनेछ। यसको लागि मानिसहरूलाई पहिलाबाटै जागरूक गरिँदैछ ताकि उनीहरूले शहरलाई स्वच्छ राख्नको लागि सहयोग गरून्।










