दुर्गम बक्साद्वारमा दैलोमा सरकार शिविर सम्पन्न

IMG-20220613-WA0145.jpg

कालचिनी। राज्य सरकार द्वारा दुर्गम ठाउँमा बसोबास गर्नेहरुको लागि फेरि शुरु गरिएको दैलोमा सरकार शिविरको आज पहिलो दिन कालचिनी खण्डको दुर्गम तर पर्यटकीय स्थल बक्साद्वारमा सम्पन्न भयो। आज उक्त शिविरमा राज्य सरकारको सबै प्रकल्पहरुको स्टलबाट दुर्गम बक्साद्वार पहाड़बासीहरुलाई सरकारी योजना औ प्रकल्पको सुविधा प्रदान गर्ने हरसम्भव चेष्टा गरिएको कालचिनी ब्लक प्रशासनले जनाएका छन।
यद्यपि आज दुर्गम बक्साद्वारमा मुख्यरुपले कृषि सम्बन्धित योजना कृषि बन्धुको विशेष शिविर सम्पन्न भएको कालचिनी सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले जनाएका छन।
उक्त शिविरमा प्रायः २० जनालाई कृषि बन्धुको फारम प्रदान गरिएको जसलाई पुरा गरेर जमा दिएपछि साथसाथै कृषि बन्धु योजनाको लाभ दिईने जनाएका छन।
कृषि बन्धु अन्तर्गत दुर्गम बक्साद्वार बासिन्दाहरुले आजसम्म लाभ नपाएको तर यो शिविरले अब दुर्गम बक्साद्वार क्षेत्रको कृषिजीवी मानिसहरुले कृषि बन्धुको विशेष लाभ प्राप्त गर्न सक्ने सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले जनाएका छन।

About Author

Advertisement