पर्वतारोहणमा रुचि राख्ने ८५ विद्यार्थीको सहभागिता
जलपाईगढी: उत्तर बङ्गालको एक प्रकृति प्रेमी संगठन जलपाईगढी ट्रेकर्स क्लबले जाडो मौसमको आगमनसँगै एक विशेष शिविरको आयोजना गर्दछ। जिल्लाको सामसिङ पहाडको योङटोङ गाउँमा यो वर्षको ३०औँ शिविर चलिरहेको छ।

प्रकृतिको काखमा बसेको यस दुर्गम पहाडी गाउँमा आयोजित शिविरमा पश्चिम बङ्गालका विभिन्न भागका ८२ जना विद्यार्थी सहभागी भएका थिए। २६ दिसम्बरमा क्लबको झण्डा फहराएर शिविर उद्घाटन गरिएको थियो शिविर भोलि ३१ दिसम्बरमा रक क्लाइम्बिङ र प्रकृति सिकाइको क्याम्प फायरको साथ समापन हुनेछ।

यस सन्दर्भमा ट्रेकर्स क्लबका प्रशिक्षक तथा प्रख्यात पर्वतारोही भास्कर दासले विद्यार्थीहरूलाई प्रकृतिसँग परिचित गराउनु र भविष्यमा पर्वतारोहणमा रुचि राख्नेहरूलाई आधारभूत तालिम दिनु यस शिविरको मुख्य उद्देश्य रहेको बताए।










