गान्तोक। स्टेट इन्सीट्यूट अफ् रूरल डेभलोपमेन्ट (एसआईआरडी) र पञ्चायत राजको संयुक्त पहलमा रिगु व्लकलाई दुध उत्पादन मार्फत गरीबी उन्मूलनबारे प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षण कार्यक्रममा दुध उत्पादक र पञ्चायत राजका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस अवसरमा विशेष गरेर पशु स्वास्थ्य, पोषण र इथ्नो भेटरिनेरी क्षेत्रमा अनुभवबारे अन्तक्रिया गरिएको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरूले आफ्नो उत्पादन र उत्पादकत्व वृद्धि गर्न र विभिन्न निकायसँग सामूहिक वार्ताबाट आफ्नो उत्पादनको राम्रो मूल्य प्राप्त गर्नको लागि महत्वबारे प्रकाश पारेका थिए। सहभागीहरूलाई गतिविधि सञ्चालन गर्न उपलब्ध आर्थिक सहयोगका स्रोतहरूबारे पनि जानकारी गराइएको थियो।










