दुधे एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्न सफल

photocollage_2025119194345179

खरसाङ: दुधे एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार दोस्रो सेमी फाइनल खेल तकदाह एफसी र दुधे एफसीमाझ सम्पन्न भयो। यस खेलको पहिलो हाफमा कुनै गोल नभएपछि गोलबिना नै पहिलो हाफको खेल समाप्त भएको थियो‌। दोस्रो हाफको खेलमा तकदाह एफसीको जर्सी नम्बर ७ हेमराज भुजेलले ३५औं मिनटमा गोल गरेर बढत बनाएका थिए भने लगत्तै दुधे एफसीको तर्फबाट जर्सी नम्बर ४ नवराज राईले ४८औं मिनटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म पनि खेल १-१ गोलको बराबरीमा‌ खेल समाप्त भएपछि पेनाल्टी सुट आउट खेलाइएको थियो जसमा दुधे एफसीले ५-४ को अन्तरले विजयी बनेर फाइनलमा प्रवेश गरेको छ। अब फाइनलमा दुधे एफसीको भीड्न्त उपाधिको लागि चाँद एफसीसित हुने भएको छ। यस खेलमा म्यान अफ् द म्याच दुधे एफसीको जर्सी नम्बर ४ नवराज राई चयन भएका छन्। घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल खेलमा तकदाह एफसीको तर्फबाट सिलगढी, कालेबुङ, कोलकातासम्म खेलिसकेका खेलाडीहरु रहेका थिए भने दुधे एफसीको तर्फबाट नेपालका खेलाडीहरु मैदानमा देखिएको थियो। घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा‌ ७ साइडको फुटबल टुर्नामेन्ट भए पनि नामी नामी फुटबल खेलाडीहरु आएर खेली सकेका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान उपस्थित थिइन् भने विशिष्ट अतिथिको रुपमा पूर्व फुटबल खेलाडी तथा युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सभापति सुरेन छेत्री र सकिला राई उपस्थित रहेका थिए। अब आगामी २६ जनवरीमा फाइनल खेल दुधे एफसी र चाँद एफसीमाझ उपाधिको लागि भीडन्त हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले आजको दोस्रो सेमी फाइनल खेल एकदमै रोमाञ्चक बनेको बताउँदै यस सेमी फाइनल खेल हेर्नलाई धेरै मानिसहरु उपस्थित रहेको साथै एकदमै राम्रो खेल भएको जानकारी गराएका छन्‌‌। उनले आजको खेलमा दुधे एफसीले पेनल्टी शुट आउटमा ५-४ को अन्तरले जितेर फाइनलमा प्रवेश गरेको अनि आगामी २६ जनवरीमा हुने फाइनल खेल दुधे एफसी र चाँद एफसीमाझ सम्पन्न हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको जानकारी गराएका छन्।

About Author

Advertisement