नयाँ दिल्ली: कोरोना महामारीको दुई वर्षपछि यसपाली हजको यात्रा पूरा भयो तर यस यात्राले आफू पछाड़ी केही मीठा-तीता सम्झनाहरू पनि छाड़ेर गएको छ। भारतबाट सउदी अरब स्थित मक्का-मदीनाको निम्ति हज यात्रा २०२२ मा गएका ३५ यात्रीहरूको त्यहाँ मृत्यु भयो जबकि यस अवधिमा दुई जना नानीले त्यहाँ जन्म पनि लिएका छन्। ज्ञात होस्, कोरोना भाइरस महामारीपछि यस वर्ष सउदी अरबले भारतसहित विश्वभरिका देशहरूबाट हज यात्रीहरूलाई हज यात्राको निम्ति बोलाएको थियो। यद्यपि, यस पाली पनि पूरा क्षमताअनुसार हज यात्रीहरूलाई अनुमति दिइएन अनि भारतसमेत विश्वका सबै देशहरूबाट हज यात्रामा जानेहरूको संख्यामा कटौती गरिएको थियो। भारतका हज यात्रीहरूको कोटा लगभग २ लाख छ तर त्यसलाई कम गरी यस वर्ष लगभग ७९२३७ गरिएको थियो। यस पाली भारतबाट हज यात्रामा ७९१४९ यात्रीहरू गएका थिए, जसमध्ये ५६६३४ यात्री हज कमिटी अफ इण्डियाको तर्फबाट जबकि २२०५५ यात्री प्राइवेट टूर अपरेटरको माध्यमले गएका थिए।
भारतबाट हज यात्रामा जाने सबै हज यात्रीहरू अहिलेसम्म फर्किसकेका छन्। २ सेप्टेम्बरमा एकमात्र बाकी रहेको हज यात्री पनि दिल्ली फर्केको छ। उनी त्यहाँ धेरै नै अस्वस्थ भएपछि उनको उपचार चलिरहेको थियो। यो यात्री बिहारको बासिन्दा हो। हज यात्रामा भारतबाट गएका हाजीहरूमध्ये ३५ हज यात्रीहरूको त्यहाँ निधन भयो, जसलाई त्यही दफन्याइयो। मर्नेहरूमा दिल्लीको पनि एक हज यात्री छ जबकि दिल्ली एयरपोर्टबाट जाने ४ यात्रीहरूको त्यहाँ मृत्यु भएको छ। यात्राको समय त्यहाँ दुईजना नानीको पनि जन्म भएको छ।
आंकड़ाहरू अनुसार भारतबाट यस पाली ७९१४९ यात्रीहरूले सऊदी अरबको हज यात्रा गरेका छन्। यद्यपि, सउदी अरब सरकारले भारतको कोटा ७९२३७ तय गरेको थियो। हज कमिटी अफ इण्डियाको तर्फबाट ५६६३६ यात्रीलाई पठाउने फसेला लिइएको थियो, जसमध्ये ५६६३४ हज यात्री यात्रामा गएका थिए। यसैगरी निजी टूर अपरेटरहरूको तर्फबाट पठाइने यात्रीहरूको कोटा २२६०० तय गरिएको थियो तर यस माध्यमले २२०५५ यात्री नै हज यात्रामा पठाइएका छन्।
यात्रामा विभिन्न रोगहरू आदिले हज कमिटीको माध्यमले पठाइएका २१ यात्रीको त्यहाँ मृत्यु भयो जबकि निजी टूर अपरेटरहरूको माध्यमले पठाइएका १४ यात्रीको त्यहाँ मृत्यु भएको छ। यद्यपि, भारत सरकारको तर्फबाट हज यात्रीहरूको स्वास्थ्यको देखरेखको निम्ति स्वास्थ्यकर्मीहरूको एक टीम पठाइन्छ। यस टीमको माध्यमले मीना, मक्का, मदीना र अजीजियामा अस्थाई डिस्पेन्सरी र अस्पतालको संचालन गरिन्छ। यी डिस्पेन्सरी र अस्पतालहरूमा सबै प्रकारका सुविधाहरू उपलब्ध गराइन्छ। यस बाहेक सउदी अरब प्रशासनको तर्फबाट पनि यात्रीहरूको स्वास्थ्यलाई लिएर व्यापक स्तरमा तयारी गरिन्छ। तरैपनि त्यहाँ हज यात्राको समय मानिसहरूको विभिन्न रोगहरूको कारण मृत्यु भइरहन्छ।









