दुई वर्षदेखि फरार भूमि माफिया वाजेद अली पक्राउ

IMG-20221206-WA0199.jpg

सिलगढी: भूमि माफिया वाजेद अली बन्दुकसहित पक्राउ परेका छन्। प्रहरीले तिनको लग्जरी कार पनि नियन्त्रणमा लिएको छ। तिनले लामो समयदेखि नक्कली कागजपत्र बनाएर सर्वसाधारणको जग्गा किनबेच गर्ने गोर्खा व्यवसाय चलाउँदै आएको बताइएको छ। प्रहरीमा धेरै उजुरी परे पनि प्रहरीले तिनलाई पक्राउ गर्न सकेको छैन। तिनी विगत दुई वर्षदेखि फरार थिए। तिनको घर मेघलाल सरानी, हैदरपाडा, सिलगढीमा छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा न्यू जलपाइगढी थानाको पुलिसले तिनलाई सोमबार सिलगढीको शक्तिनगर इलाकाबाट पक्राउ गरेको हो।

तिनको साथबाट एक थान शटर राइफल बरामद भएको छ। तिनको लग्जरी कार प्रहरीले नियन्त्रणमा लिएको छ। तिनलाई मंगलबार जलपाइगढी अदालतमा पेश गरिएको थियो।

About Author

Advertisement