दुई महिला ब्राउन सुगर सहित पक्राउ

IMG-20230415-WA0275.jpg

बाघडुग्रा: बिहार मोडबाट ब्राउन सुगर सहित दुइजना महिलाई पक्राउ गरेको छ भने पक्रा परेका कामना सरकार र ऋतु राय कुचबिहार र मतिगढा निवासी हुन्। यी दुईजना महिलाले मालदाबाट ब्राउन सुगर ल्याएर बाघडुग्रा आइपुगेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र बाघडुग्रा थाना पुलिसले बाघडुग्राको बिहार मोडमा अभियान चलाएर २८१ ग्राम ब्राउन सुगर सहित दुइजना महिलालाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका दुईजना महिलालाई भोलि शनिबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

Advertisement