दुई महिलाको पेटमा २८ करोडको कोकिन

Cocaine-in-stomach-1-1024x630.jpg

नयाँ दिल्ली: युगान्डाबाट यात्रा गरी दिल्ली विमानस्थल पुगेका दुई महिला पक्रा परेका छन्। पुलिसले २८ करोड रुपियाँको १८१ वटा क्याप्सुल पेटमा लुकाएर राखेको पुलिस अधिकारीहरुले बताएका छन्। दिल्ली पुलिसले युगान्डाबाट यात्रा गर्दै आएका दुई महिलाले गोलीमा लुकाउन कोकिन निलेको बताएको छ। बरामद कोकिनको तौल करिब दुई किलो रहेको छ। दुई महिलामध्ये एकजनालाई बिहीबार पक्राउ गरिएको थियो। पेटमा ८१ गोली राखेको उनले पुलिसलाई बताए। यसपछि उनलाई राम मनोहर लोहिया अस्पताल लगियो जहाँ उनको भित्र ०.८९१ किलोग्राम कोकेन भेटियो। बरामद भएको कोकिनको अन्तर्राष्ट्रिय बजारमा मूल्य १३.६ करोड रुपियाँ अनुमान गरिएको छ। अर्कोतर्फ २२ मईमा पक्रा परेकी महिलाकी सहपाठीको पेटमा लुकाएर राखिएको करिब ८० क्याप्सुल फेला परेको थियो। उनलाई पनि एक्स–रे परीक्षणका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो। गोली भित्र फेला परेको कोकिनको तौल ०.९५७ केजी र मूल्य १४ करोड रुपियाँ छ।

About Author

Advertisement