​​ दुई नयाँ वन्दे भारत एक्सप्रेस प्रधानमन्त्रीले शुरु गरे

00-Vande-Bharat-copy

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले गया जंक्शनबाट हावडा-गया र वाराणसी-देवघर वन्दे भारत एक्सप्रेस शुरु गरे। अब गया जंक्शनबाट कुल ५ वन्दे भारत एक्सप्रेस चल्नेछ। यो कार्यक्रम गया जंक्शनको प्लेटफर्म नम्बर ६ मा भएको थियो, जसमा एमएसएमई मन्त्री जीतन राम मांझी, पर्यावरण मन्त्री डा प्रेम कुमार र अन्य धेरै नेताहरू अनि  रेल अधिकारीहरू उपस्थित थिए।

हावड़ा-गया वन्दे भारत एक्सप्रेस (रेल नम्बर २२३०३/२२३०४):

नियमित संचालन: १८ सेप्टेम्बरदेखि

संचालन  दिनहरू: हप्तामा ६ दिन (बिहीबार होइन)

स्टपहरू: दुर्गापुर, आसनसोल, धनबाद, पारसनाथ, कोडरमा

वाराणसी-देवघर वन्दे भारत एक्सप्रेस (रेल नम्बर २२५००/२२४९९):

नियमित संचालन: १६ सेप्टेम्बरदेखि

संचालन दिनहरू: हप्तामा ६ दिन (मंगलबार होइन)

स्टपहरू: डीडीयु, सासाराम, गया, नवादा, किउल, जेसीडीह

यी वन्दे भारत रेलहरू अत्याधुनिक र विश्व-स्तरीय सुविधाहरूले सुसज्जित छन्, जसले यात्रुहरूलाई सुरक्षित र सहज यात्रा अनुभव प्रदान गर्नेछ। नयाँ वन्दे भारत रेलहरूको कुल संख्या बढेर ६० पुगेको छ, जसले यात्राको सुविधामा थप वृद्धि गर्नेछ। रेल मन्त्रालयले यस सम्बन्धमा जानकारी दिएअनुसार यी नयाँ रेलहरू संचालनमा यात्रुहरूले अझ राम्रो सेवा पाउनेछन्।

About Author

Advertisement