दुई दिवसीय १६औं सिक्किम स्टेट स्वीमिङ प्रतियोगिता शुरू

IMG-20220903-WA0178.jpg

गान्तोक: सिक्किम अमेच्यूर स्वीमिङ एशोसिएशनद्वारा यहाँको टीएनए परिसरमा आजदेखी दुई दिवसीय १६औं सिक्किम स्टेट स्वीमिङ प्रतियोगिता आयोजना गरिएको छ। आजको पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यका वन विभागीय मन्त्री कर्मा लोडे भोटिया उपस्थित थिए। छोग्याल पल्देन थोन्डुप नामग्याल जन्म सत वार्षिकी कार्यक्रम अन्तर्गत यो प्रतियोगिता आयोजना गरिएको हो, जसको कर्टेन रेजर कर्यक्रम गत १३ अगस्तको दिन सम्पन्न भएको हो। कार्यक्रममा सिक्किम अमेच्यूर स्वीमिङ एशोसिएसनको पक्षमा अध्यक्ष कुबेर भन्डारीले मुख्य अतिथि मन्त्री भोटियालाई मोमेन्टो अनि एशोसिएशनको जर्सी प्रदान गरेर कार्यक्रमममा स्वागत जनाए। पछि मन्त्री भुटियालेले चम्पियनशीप शुरु भएको घोषणा गरे।

यस प्रतियोगितामा विभिन्न स्कूल साथै व्यक्तिगत १४० स्विमरहरुले भाग लिइरहेका छन्। आज पहिलो दिनको कार्यक्रममा विभिन्न ९० वटा वर्गमा पुरुष अनि महिला स्विमरहरुले प्रतिस्पर्धा गरे।

पहिलो दिनको उत्तर्धाको कार्यक्रममा नामग्याल इन्सटीट्यूट अफ टीबेटोलोजीका सचिव पेमा रिङ्जिङ मुख्य अतिथिको रूपमा उपस्थित रहे भने विशिष्ट अतिथिको रुपमा सिक्किम राज्य ब्याङ्कका महुप्रबन्धक फुर्बा वाङ्दी भोटिया उपस्थित थिए। यहाँ उत्कृष्ट प्रतिस्पर्धा गर्ने स्विमरहरूलाई तक्निकी सहयोग पुऱ्याएर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरसम्म पुऱ्याउने सासाको उद्देश्य रहेको अध्यक्ष कुबेर भन्डारीले जानकारी गराए।

About Author

Advertisement