कालचिनी: राजाभातखावा स्थित बटरफ्लाई कञ्जर्भेटरी पार्कमा शनिबारदेखि बिग बटरफ्लाई मन्थ पालन गर्ने क्रममा बटरफ्लाई वाकको कार्यक्रम सम्पन्न गरियोl आइतबार अन्तिम दिनमा स्कूलका विद्यार्थीहरुलाई लिएर पुतलीहरुको जीवनचक्र र यसको संरक्षण बारेमा नेचर मेट्स नेचर क्लब कोलकाताका विज्ञ रिसर्च एसोसिएटहरुले जानकारी दिने कार्य गरे। समापनको अवसरमा बक्सा ब्याघ्र प्रकल्पको राजाभातखावा रेञ्जर अमलेन्दु माझी एवं अन्यान्य वन अधिकारीहरुको उपस्थित थिएl स्कूलका विद्यार्थीहरुले समापनको अवसरमा सुन्दर पुतली गीत गाएर कार्यक्रमको समापन गरियो। कार्यक्रम एकदमै सफलताको साथ सम्पन्न भएको बताउँदै नेचर मेट्स नेचर क्लब कलकत्ताको चीफ कोर्डिनेटर सारिका वैद्य र रिसर्च एसोसिएट तमघ्ना सेनगुप्ताले यसपाली उत्तर बङ्गालमा यो प्रथमपल्ट बिग बटरफ्लाई मन्थ पालन गरिएको र यसलाई आउँदो वर्षहरुमा झनै बढी महत्वका साथ पालन गर्ने ऊर्जा पाएको बताए।









