कालचिनी: साताली बस्तीमा शनिबारदेखि सम्पन्न दुई दिवसीय फूटबल टूर्नामेन्टको आइतबार फाइनल खेलमा दैमालु असमले प्रतिद्वन्दी टीम बन्दापानी लाकड़ा ब्रदर्सलाई ३-१ गोलको अन्तरले पराजित गरेर विजेता ट्रफी हासिल सफल भयोl शनिबार साताली स्पोर्टिङ एसोसिएशनको संचालनमा अनि दक्षीण साताली रंगजाली आफाख एवं पश्चिम साताली किसान संघको संयुक्त आयोजनामा दुई दिवसीय फूटबल टूर्नामेन्ट आयोजना गरिएको भने यस खेलमा ८ वटा टीमहरुले भाग लिएका थिए। फाइनल राउन्डमा पुगेका दैमालु असम र बन्दापानी लाकड़ा ब्रदर्सको टीमबीच रोमाञ्चक खेलमा दैमालु असमको टीमले बन्दापानी लाकड़ा ब्रदर्सको टीमलाई ३-१ गोलको अन्तरले हराएर विजेता ट्रफी हासिल गर्न सक्षम भयो। विजेता र उपविजेता दुवै टीमलाई अतिथिको रुपमा आएका मेन्दाबारी ग्राम पञ्चायतका उपप्रधान चन्द्रा नार्जीनारी, विजय साइबो, समाजसेवी विनय नार्जीनारी एवं अन्यान्यको बाहुलीबाट ट्रफी प्रदान गरियो।











