दुई दिवसीय चेस प्रतियोगिता शुरू

players_will_participate_in_the_international_chase_competition_at_home_1592129630.webp

गान्तोक। सिक्किम चेस एसोसिएशनको पहलमा आज देउरालीस्थित सामुदायिक भवनमा चेस प्रतियोगिता आयोजना गरियो। उक्त प्रतियोगिता आयोजना गरिनुको विशेष कारण आगामी २८ जुलाईदेखि १० अगस्तसम्म तामिलनाडुमा आयोजना हुने ४४औं फाइड चेस ओलियमपेड २०२२ हेर्न जानेहरूको निम्ति राखिएको हो। यस प्रतियोगिताबाट कूल ६ जनाको छनौट गरेर उनीहरूलाई तामिलनाडु खेल हेर्नको निम्ति पठाइने भएको छ। आजको यस प्रतियोगितामा १५ वर्ष भन्दा कम उमेरकाहरूलाई लिएर आयोजना गरिएको हो जसमा २ सय ५० जना भन्दा अधिकले सहभागिता जनाएको सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले पत्रकाहरूलाई जानकारी गराए। तामिलनाडुमा आयोजना हुने सो प्रतियोगितामा विश्वका १९० भन्दा अधिक देशका खेलाडीहरूले सहभागिता जनाउने निश्चित रहेको उनको भनाइ छ। आजदेखि शुरू भएको दुई दिवसीय छनौट प्रतियोगितामा मुख्य अतिथिकोरूपमा पूर्व चेस खेलाडी भुवन प्रधान रहेका थिए। प्रधानले राज्यका चेस खेलाडीहरूलाई शुभकामना दिँदै निकट यस खेललाई पेशाकोरूपमा लिएर अघि बढन सक्ने मन्तव्य प्रकट गरे। आगामी दिनमा सिक्किमबाट धेरै राम्रा राम्रा चेस खेलाडीहरू जन्मिन सक्ने उनले सम्भावना व्यक्त गरे।

About Author

Advertisement