दुई दिने राजवंशी पर्व सुरु

CollageMaker_202326164019538.jpg

कुचबिहार: दिनहाटामा दुइदिने राजवंशी पर्व सुरु भएको छ। पञ्चानन अनुगामी मञ्चको पहलमा सोमबार दिनहाटा संहती मैदानमा कार्यक्रम सुरु भएको हाे। कार्यक्रमको उद्घाटन उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले दिप प्रज्वलन गरी गरेका थिए। दिनको कार्यक्रम सुरु हुनुअघि नगरको संहती मैदानबाट रंगारंग र्‍याली निकाली विभिन्न मार्ग परिक्रमा गरेको थियो। र्‍यालीपछि कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा उत्तर बङ्गाल राज्य यातायात निगमका अध्यक्ष पार्थ प्रतिमा राई, दिनहाटा नगरपालिकाका अध्यक्ष गौरी शंकर महेश्वरी, उपाध्यक्ष साबिर साह चौधरी, आयोजक संस्थाका अध्यक्ष विवेकानन्द राई सिंहलगायत तृणमूलका नेताहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै उपस्थित महानुभावहरूले राजवंशी भाषा संस्कृतिलाई अगाडि बढाउन उद्यमीहरूले गरेको पहलको प्रशंसा गरेका थिए। दुईदिने कार्यक्रमको दोस्रो दिन केही विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिने छ। अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरिने छ।

About Author

Advertisement