नाम्ची: सिक्किमका राज्यपाल ओम प्रकाश माथुर दुई दिनको भ्रमणको क्रममा आज जिल्ला प्रशासनिक केन्द्र नाम्ची आइपुगेका छन्। उनको आगमनमा उनलाई ११औं नाम्ची सिंगिथाङ्ग निर्वाचन क्षेत्रका विधायक सतीश चन्द्र राई, नाम्चीकी जिल्ला अध्यक्ष श्रीमती अञ्जिता राजालिम, एनएमसीका अध्यक्ष गणेश राई, नाम्चीकी डीसी श्रीमती अनुपा ताम्लिङ, नाम्चीका वरिष्ठ एसपी डा टी एन ग्यात्सो, र अन्य विभागीय प्रमुखहरूले स्वागत जनाए। आज राज्यपालले विभागका प्रमुखहरूसँग बैठक गर्नेछन्, र जिल्ला प्रशासनिक केन्द्रमा नाम्ची जिल्लाका लाभार्थीहरूसँग अन्तरक्रिया गर्नेछन्। साथै, उनले ग्राम प्रशासन केन्द्र असाङ्थाङ, जिल्ला अस्पताल नाम्ची, वृद्धाश्रम, र बमटार स्थित ब्लाइन्ड स्कूलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। -आईपीआर








