दुई तस्कर पक्राउ

Hand-Cuff-3

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाताको एस्प्लानेड बस स्ट्याण्डबाट कोलकाता पुलिसले, वन विभागको टीमसॅंग मिलेर ५०९ वटा कछुवा को साथमा दुई तस्करलाई पक्राउ गरिएको छ।

लाल बजारस्थित पुलिस मुख्यालय सूत्रहरू अनुसार, तस्करहरूसॅंग कछुवा रहेको सूचना पाएपछि उनीहरू विरूद्ध अभियान चलाइएको थियो। दुवै धर्मतल्ला बस स्ट्याण्ड आइरहेको जानकारी प्राप्त भएको थियो। उनीहरूलाई घेरेर पक्राउ गर्ने योजना पुलिससॅंग मिलेर गरियो।

आज बिहान दुवै जनालाई संदिग्ध परिस्थितिमा ट्रली ब्यागमा देखियो, जसपछि उनीहरूलाई घेरेर पक्राउ गरियो। ब्यागको तलाशी गर्दा त्यसमा ५०९ वटा कछुवा भेटियो। यस सम्बन्धमा जॉंच शुरू गरिएको छ।

About Author

Advertisement