दुई जना महिला लाखौ रुपियाँको गाँजासहित पक्राउ

IMG_20220924_190628.jpg

सिलगढी: सिलगढी प्रधान नगर थाना पुलिसले दुई जना महिलालाई पक्राउ गरेको छ।ति दुइ महिलालाई गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको छ। गाजा तकरीमा पक्रा पर्ने महिलाहरुमा क्रमैले कुचबिहारका मिनती बर्मन र सुफला बर्मन सामेल छन्। प्राप्त जानकारी अनुसार दुवैजना महिलाले एउटा ब्यागमा गाँजा हालेर कुचबिहारबाट सिलगढी ल्याइ पुऱ्याएका थिए। यसपछि यहाँबाट उक्त गाँजा मिलन मोडमा तस्करीको लागि लगिरहेको गोप्य सूचना पाएर प्रधान नगर थाना पुलिसले सादा पोसाकमा लाखौं रूपियाँको गाँजा सहित तिनीहरूलाई पक्राउ गरेको छ। पुलिसले दुवै महिलालाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गयो। पुलिसले मामिलाको जाँच गर्नको लागि दुवै महिलालाई हिरासतमा लिएको छ।

About Author

Advertisement