दुःख निवारक सङ्घ, गुप्ती अप्पर शुक्रबारे सदामकाे ५०औं स्थापना दिवस पालन

n6315292461726773831651eec5e0b282913c9fdf323edc9e54eeea8dd862b64af0a37f4e58aa4efc45ed41

गान्तोक: नाम्ची जिल्लाअन्तर्गत अप्पर शुक्रबारे, सदाममा आधारित दुःख निवारक सङ्घले आफ्नो पचासौँ स्थापना दिवस बुधवार पालन गरेको छ। कार्यक्रममा नाम्ची जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन् भने पञ्चायत अध्यक्ष लगायत अन्यको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा सङ्घले आफ्ना संस्थापक सदस्यहरूलाई अभिनन्दन पनि जनाएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको थियो भने विभिन्न पारम्परिक चिजबिजहरूलाई पनि डिस्प्ले गरिएको थियो।
सन् १९७४ मा २० परिवारले सुरु गरेको यो सङ्घमा अहिले ७० परिवार आबद्ध भइसकेको पनि बताइएको छ।

About Author

Advertisement