दीर्घ प्रतीक्षित पदोन्नति न्याय र गौरवको क्षण: मुख्यमन्त्री

IMG-20240924-WA0304

गान्ताेक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत सन् १९९२ ब्याचका १५६ जना सहायक उपनिरीक्षक (एएसआई) हरूलाई उपनिरीक्षक (एसआई) पदमा पदोन्नति प्राप्त गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे साथै ३३ वर्षभन्दा बढी समयदेखि जनताका साथै राज्यको सेवामा समर्पित, इमानदार र अनुशासित रूपमा योगदान पुर्‍याउँदै आएका उनीहरूको दीर्घ प्रतीक्षित पदोन्नति न्याय र गौरवको क्षण हो भने।
मुख्यमन्त्रीले उल्लेख गरे अनुसार वर्षौंसम्म एउटै पदमा—हेड कन्स्टेबल तथा यसअघिका पदहरूमा—उदाहरणीय प्रतिबद्धता र समर्पणका साथ सेवा गरेका यी कर्मीहरूको लामो समयदेखि बाँकी रहेको वास्तविक गुनासो समाधान गर्न सिक्किम सरकार सफल भएकोमा अत्यन्तै खुशी भएको जनाए साथै यसले उनीहरूको धैर्य, सहनशीलता र अटल व्यावसायिकतालाई सम्मान गरेको छ भने।
मुख्यमन्त्रीले सिक्किम सरकारले सबै योग्य अधिकारीहरूको लागि निष्पक्षता, न्याय र गरिमालाई कायम राख्ने आफ्नो संकल्पप्रति प्रतिबद्ध रहन्छ भने। पदोन्नति प्राप्त सबै अधिकारीहरूलाई पुनः हार्दिक बधाई दिँदै, जनताका साथै राज्यको सेवामा अझ ठूलो जिम्मेवारी सम्हाल्दा उनीहरूलाई निरन्तर सफलता, सुस्वास्थ्य र नयाँ उत्साहको कामना गरे।

About Author

Advertisement