दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार

IMG-20241221-WA0296

काठमाण्डू: नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्। नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन्। यस्तै अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्।
एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।
एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड र २ लाख रुपैयाँ जिते।
२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने। उनले २ लाख पाए। १६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदयमान खेलाडी बने। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे।

About Author

Advertisement