दि ग्रेटर कोचबिहार पिपल्स एसोसिएशनद्वारा डुवर्सकन्यामा ज्ञापन

93bd14bb-5651-48c8-8bb4-72abf0873306

कालचिनीः जीसीपीए अर्थात दि ग्रेटर कोचबिहार पिपल्स एसोसिएशनद्वारा बिहीबार पश्चिम बंगाल राज्य विद्युत वितरण निगम लिमिटेड, अलिपुरद्वार डिभिजनका विभागीय प्रबन्धक समक्ष कोचबिहार जिल्लाको गरीब कृषक परिवारको बिजुली बिल माफी गर्नु पर्ने विषय लिएर ज्ञापन सुम्पियो। सो अवसरमा आज जीसीपीएले अलिपुरद्वारमा एउटा विशाल ऱ्याली निकालेको थियो भने सो ऱ्यालीले सहरको परिक्रमा गर्दै अन्ततः डुवर्सकन्या अघि पुगेर नाराबाजी शुरु गरेको थियो।
जीसीपीए अलिपुरद्वार जिल्ला सचिव गणेश रायले भारत भुक्ति चुक्ति अनुसार कोचबिहार राज्य अधीनस्थ अलिपुरद्वार जिल्ला क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण भूमिपुत्र कृषक परिवारको बिजुली बिल माफी हुन पर्ने र यसको निम्ति अलिपुरद्वार डिभिजन अन्तर्गत रहेको डब्ल्यूबीएसईडीसीएलका डिभिजनल म्यानेजर समक्ष ज्ञापन सुम्पिएको जानकारी गराएका छन्। कोचबिहार भारत भुक्ति चुक्ति मुताबिक कोचबिहार राज्यका भूमिपुत्र कृषकहरूले बिजुली बिल तिर्न नपर्ने प्रावधान रहेकोले यसलाई अलिपुरद्वार जिल्ला अन्तर्गत पर्ने भूमिपुत्र कृषकहरूलाई पनि बिजुलीको बिलबाट बाहिर राखिन पर्ने दाबी राखिएको र यसको उचित पहल नगरीए आउँदो दिनमा जीसीपीएले वृहत आन्दोलनको रुपरेखा तयार गर्ने जीसीपीए अलिपुरद्वार जिल्ला सचिव गणेश रायले जनाएका छन्।

About Author

Advertisement