सिलगढी: प्रत्येक वर्ष १४ जुनको दिन विश्व रक्तदान दिवस पालन गरिन्छ। रगत मानिसको शरीरको लागि निक्कै महत्वपूर्ण हुन्छ। आज विश्व रक्तदान दिवसको उपलक्ष्यमा दिसान अस्पतालको तर्फबाट रक्तदान शिविरको आयोजना गऱ्यो। लायन्स क्लब अफ् सिलगढीको सहयोगमा आज उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा ट्राफिक डीसीपी पूर्णिमा शेर्पा मुख्य रूपमा उपस्थित थिइन्। उक्त शिविरमा ८० देखि १०० युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।










