दिव्याड्गहरुको निम्ति मैराथन दौड़ प्रतियोगिता आयोजित

जलपाईगढ़ी। उत्तर बंगालमा स्वयं सेवी संगठन को पहलमा पहिलोपल्ट दिव्याड्गहरुको निम्ति मैराथन दौड़ प्रतियोगिता आयोजित गरियो। जलपाईगढ़ी जिल्लाको चाल्सा गोलाई इलाकाबाट बाताबाड़ी किसान मांड़ीसम्मा भएको यस ७ किलोमीटर दौड़मा राज्यको १७ जना प्रतियोगीहरुले व्हीलचेयर मा हिस्सा लिए।

उक्त दौड़ पतियोगितामा पश्चिम मेदिनीपुर जिल्ला को अपूर्व सामन्त ले प्रथम, पश्चिम मेदिनीपुर जिल्लाकै मिथुन गिरी ले दोस्रो र उत्तर दिनाजपुर जिल्लाका भावेश शोरेन ले तेस्रो स्थान ओगेटे छन्। यस प्रतियोगिता मा पद्मश्री करिमूल हक़, समाजसेवी शेख जियाउर रहमान र अन्य अतिथिहरु उपस्तिथ थिए। 

About Author

Advertisement