सिलगढी:: राष्ट्रिय स्तरमा नै धेरै सफलता हासिल गरे तापनि सरकारको तर्फबाट दिव्याङ्ग टेबल टेनिस खेलाडीहरूले हालसम्म कुनै सहयोग पाएका छैनन्। टेबल टेनिस स्टार तथा बंगरत्न भारती घोषले आज पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको मन्तव्य पोखेकी छन्। सिलगढीलाई टेबल टेनिसको प्राण केन्द्र मानिने गरिन्छ। सोमजीत, अङ्किता जस्ता खेलाड़ीहरूले कमनवेल्थ, ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय स्तरमा सिलगढीबाट टेबल टेनिसमा भाग लिएका थिए। गत २८ अगस्तमा पश्चिम बंगाल टेबल टेनिस च्याम्पियनशिप अफ द डेफ प्रतियोगितामा ५ जना दिव्याङ्ग खेलाडीहरूले अंश ग्रहण गरेर पदक पनि जितेका थिए। तर तिनीहरूलाई प्रोत्साहित गर्नको लागि कोही अघि आएनन्।











