दिवंगत बिनामाया शर्मालाई मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित

n68185679917583943571766df0a04d7b39caa0022d3f9ac44ea2bd9366d9fc6420f5ae4177e93a2386a538

गान्तोक: आज बिहान, मुख्यमन्त्री प्रेमसिंह तामाङ नाम्चीस्थित विधायक एवं डीएसीएसका चेयरमेन सतिशचन्द्र राईको घर पुगेर उनकी दिवंगत धर्मपत्नी बिनामाया शर्मा (राई) लाई श्रद्धाञ्जली अर्पित गरे।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा शोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गरेका छन्।
उल्लेख्य, नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईकी धर्मपत्नी बिनामाया शर्माको शुक्रवार 64 वर्षको उमेरमा निधन भएको थियो।

About Author

Advertisement