दिल्ली साहित्य मंच तथा अन्य संघसंस्थाद्वारा गोर्खा भवनमा कवि अर्जुन निरौला शर्मालाई सम्वर्द्धना

IMG-20230719-WA0046.jpg

दिल्ली: दिल्ली साहित्य अकादमीको कार्यक्रम आखिल भारतीय दिव्यांग लेखक सम्मेलनमा सहभागिता जनाउन हेतु भर्खरैमात्र गोरुबथान भेकको गीतखोलाबाट कवि अर्जुन शर्मा निरौला दिल्ली जानुभएको थियो। यस कार्यक्रममा सहभागीता जनाइसकेपछि कवि अर्जुन शर्मा निरौलालाई गोर्खा भवनबाट नेपाली साहित्य सम्मेलनका सदस्यागणले सम्वर्द्धना जनाइयो। साहित्य अकादमीको कार्यक्रम समापनपछि कवि अर्जुन शर्मा निरौलालाई गोर्खा भवनमा लगियो। दिल्लीमा बसोबासो गर्दै आएका भाषाप्रेमी नेपाली साहित्यलाई माया गर्नुहुने ‘नेपाली साहित्य मंच,दिल्ली लगायत अन्य धेरै संघ संस्थाका सदस्य समूह सबै अग्रजहरू गोर्खा भवनमा भेला भएका थिए। त्यहाँ कविद्वय सरोजार्जुन(सरोजा वान्तवा पीयूष, अर्जुन शर्मा निरौला) र क्रान्तिकारी कवि, समाज सेवी पुरण क्षेत्रीलाई भब्यरुपमा स्वागत जनाइयो।
त्यहाँ सरोजार्जुनबाट कविता पठन गरिए भने कवि पुरण क्षेत्रीले कवि शर्माबारे जानकारी गरिदिए ।कवि शर्माका कविता संग्रह भावतरङ्गहरु पनि हस्तान्तरण गरियो।दिल्ली नेपाली साहित्य सम्मेलनका कर्मठ सदस्य कवि टाशी शेर्पाले कविता पाठ गरे। कार्यक्रममा उपस्थित सदस्ययगणले परिचय आदानप्रदान गरे।यस भेटघाट तथा सम्वर्द्धना कार्यक्रममा लेखकद्वय कवि टासी शेर्पा, रोहित डी बम्जन, समाजसेवी उत्तम छेत्री लगायत धेरै साहित्य अनुरागी तथा सामाजिक कार्यकर्ताहरूको उपस्थित रहेको थियो।कवि शर्मा लगायत उहाँकी धर्मपत्नी तथा कवि पुरण क्षेत्री आज हवाई यात्रामार्फत आइपुग्नु हुने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement