दिल्ली क्यापिटल्सको साथ छोड़े पीटरसनले

IMG-20260315-WA0002

नयाँ दिल्ली: आईपीएल २०२६ आउँदो २८ मार्चदेखि शुरु हुनेछ अनि त्यसअघि ईंग्ल्याण्डका पूर्व क्रिकेटर केविन पीटरसनले दिल्ली क्यापिटल्स फ्रेञ्चाइजीको मेण्टर पद छोड़ेका छन्। यस भूमिकाको निम्ति जरूरी समय दिन नसक्ने हुनाले पदबाट राजीनामा दिएको ४५ वर्षीय पीटरसनले बताएका छन् । आईपीएलको अवधि पीटरसनलाई कमेण्ट्री गरिरहेको चाहिँ देखिनेछ। गत वर्ष फरवरीमा पीटरसनलाई टीमको मेण्टर नियुक्त गरिएको थियो। पीटरसनले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा भनेका छन्, म यस आईपीएल सीजनमा दिल्ली क्यापिटल्सको मेण्टर रहने छुइनँ। म यस कामको निम्ति जरूरी समय दिन सक्ने छुइनँ। यस सीजनको निम्ति सबै खेलाड़ीहरूलाई मेरो शुभकामना। म यसपाली कमेण्ट्री बक्सबाट तपाईंहरू सबैसँग भेट्नेछु। आईपीएल विश्वको सर्वश्रेष्ठ लीग हो। पीटरसनले आफ्नो इण्टरनेशनल करियरमा १०४ वटा टेस्ट म्याचमा ८१८१ रन, १३६ वटा वनडे म्याचमा ४४४० रन र ३७ वटा टी२० इण्टरनेशनल म्याचमा ८३१ रन बनाएका थिए। उनले आईपीएलमा पनि २६ वटा म्याच खेलेर १००१ रन बनाएका छन्। दिल्ली क्यापिटल्सले नयाँ मेण्टरको नामको घोषणा चाँड़ै गर्ने सम्भावना छ।

About Author

Advertisement