दिल्लीमा मुख्यमन्त्री तामाङको राज्यपाल गंगा प्रसादसँग सौहार्दपूर्ण भेट

IMG-20221205-WA0361.jpg

नयाँ दिल्ली: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमै रहेका राज्यका गंगा प्रसादसँग आज सौहार्द्रपूर्ण भेट गरे। यस भेट अवधि मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल गंगा प्रसादको सुस्वास्थ्यबारे सोधीखोजी गरे। राज्यपाल प्रसादले आफ्नो स्वास्थ्यबारे मुख्यमन्त्री तामाङलाई जानकारी गराए।

यस सौहार्द्रपूर्ण भेट अवधि मुख्यमन्त्री तामाङले राज्यपाल गंगा प्रसादसँग राज्यको विकाससँग सम्बन्धित विविध मामिलाबारे पनि छलफल गरे। राज्यको विकासहेतू आफ्नो पक्षबाट पहल गर्न तत्पर रहेको राज्यपाल गंगा प्रसादले कटिबद्धता व्यक्त गरे। राज्यको विकासहेतू राज्यपाल गंगा प्रसादको सकारात्मक पहलप्रति मुख्यमन्त्री तामाङले कृतज्ञता व्यक्त गरे।

जानकारी गराइन्छ, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ हाल नयाँ दिल्लीको भ्रमणमा रहेका छन् भने राज्यपाल गंगा प्रसाद पनि नयाँ दिल्लीमै रहेका छन्। यसै क्रममा आज दुवैमाझ यो औपचारिक भेटघाट भएको हो।

About Author

Advertisement