कालचिनी: नेशनल ट्राइबल वेलफेयर सोसाइटी अर्थात राष्ट्रिय आदिवासी कल्याण समिति द्वारा भारतको राष्ट्रपति समक्ष ६ बुँदे दाबीहरु समावेश गरिएको ज्ञापन पत्र लिएर दिल्लीमा जन्तर मन्तरमा बसेl शनिबार धरना पुरा भएको र ज्ञापन महामहिम राष्ट्रपति समक्ष प्रेषित भएको ठोकुवा राष्ट्रिय आदिवासी कल्याण समितिको राष्ट्रिय अध्यक्ष विनय मुर्मूले जनाएका छन्। मूलतः आदिवासीहरुलाई जनगणनामा अलग आदिवासी धर्म कोड र स्टेटसको कोलम व्यवस्था गरीनु पर्ने, आदिवासीहरुको लागि देशभरि स्कूल कलेज र होस्टेलहरु खोल्नु पर्ने, आदिवासीहरु बसोबास गर्ने जमीनको चिन्हित गरेर पट्टा प्रदान गरीनु पर्ने, आदिवासीको जमीन गैर आदिवासीहरुलाई बिक्री बन्द गराईनु पर्ने र ट्राइबल सार्टिफिकेट आदिवासी गैर आदिवासी चिञ्हित गरेर प्रदान गरीनु पर्ने अनि असम राज्यका आदिवासीहरुलाई ट्राइबल स्टेटस शीघ्रै प्रदान गरीनु पर्ने आदि दाबीहरु समेटेर राष्ट्रपतिलाई सम्बोधन गरेर ज्ञापन पत्र बनाउनको साथ साथै दिल्ली जन्तर मन्तरमा धरना प्रदर्शन गरिएको थियो जुन सफल भएको राष्ट्रिय अध्यक्ष विनय मुर्मूले फोन मार्फत जानकारी गराएको छ।










