दिल्लीको रोहिणीमा पुलिसद्वारा सहकर्मीमाथि गोली प्रहार

नयाँ दिल्ली: सिक्किमका निवासी रहेका एक पुलिस जवानले सोमबार रोहिणीको हैदरपुर प्लान्टमा आफ्ना सहयोगीहरूमाथि गोली चलाएको घटना संचारमाध्यममा अघि आएको छ। जसमा दुईजना पुलिसको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको समाचार छl आरोपीलाई पक्राउ गरिएको सरकारी स्रोतले जनाएको संचारमाध्यममा उल्लेख गरिएको छ। उनीसिट सोधपुछ भइरहेको ब्ताइएको छ। घटनाको कारण अझै पत्ता लागेको छैन।

About Author

Advertisement