दिल्लीको प्रदूषण र अव्यवस्थासँग असन्तुष्ट मिया ब्लिचफेल्ट

IMG-20250119-WA0109

नयाँ दिल्ली: डेनमार्ककी स्टार ब्याडमिण्टन खेलाड़ी मिया ब्लिचफेल्टले इण्डिया ओपन सुपर ७५० टुर्नामेण्टको आयोजन गरिरहेको इन्दिरा गान्धी इण्डोर स्टेडियमको स्थितिहरूको आलोचना गरेकी छन्। यसको साथमा उनले राष्ट्रिय राजधानीको प्रदूषणको स्तरलाई पनि स्वास्थ्यको निम्ति हानिकारक बताएकी छन्। वास्तवमा ब्लिचफेल्टलाई पेटको संक्रमण भएको थियो। उनी दोस्रो राउण्डमा चीनकी वांग झी यी-विरुद्ध २१-१३, १६-२१, ८-२१-ले पराजित भएकी थिइन्। ब्लिचफेल्टले इन्स्टाग्राममा लेखेकी छन्, भारतमा एउटा लामो अनि तनाउपूर्ण हप्तापछि अन्तमा गएर घर आइपुगेकी छु। यो लगातार दोस्रो वर्ष हो जब इण्डिया ओपनको अवधि म बिमार भएँ। धेरै हप्तादेखि गरेको मेहनत र तयारी खराब परिस्थितिहरूले गर्दा बर्बाद भयो। यो स्वीकार गर्नु साँच्चै मुश्किल छ। हामीले कुहिरो, कोर्टमा पक्षीहरूले फैलाएको मल अनि हरेक तर्फ मैलाबीच अभ्यास गर्नु र खेल्नु पऱ्यो। यो कसैले पनि उचित होइन। डेनमार्ककी यस खेलाड़ीले विश्व ब्याडमिण्टन महासंघलाई ट्याग गर्दै लेखेकी छन्, यस प्रकारका परिस्थितिहरू स्वास्थ्यको निम्ति हानिकारक र अस्वीकार्य छ। मैले पहिलो राउण्डमा जीत हासिल गरे अनि दोस्रो राउण्डमा पनि असल खेलिरहेकी थिएँ। यसले म खुशी छु तर त्यहाँको परिस्थितिहरूसँग चाहिँ म खुशी छुइनँ।

About Author

Advertisement