दिल्लीको जीतमा भाजपा सिक्किमले दियो केन्द्रीय नेतृत्वलाई बधाई

IMG-20250208-WA0256

गान्तोक: जम्मा ७० वटा आसन भएको दिल्ली विधानसभामा ४८ आसनको फराकिलो जीतको साथमा २७ वर्षपछि भारतीय जनता पार्टी सत्तामा फर्किएको छ भने दिल्लीलगायत देशभरि भाजपा समर्थकहरूमा खुशीको लहर छाएको छ। यसै क्रममा सिक्किम प्रदेश भाजपा-ले पनि हर्ष व्यक्त गर्दै यस भव्य जीतको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमति शाह, राष्ट्रीय अध्यक्ष जेपी नड्डा साथै भाजपा दिल्ली परिवारका सम्पूर्ण सदस्यलाई बधाई अनि शुभकामना व्यक्त गरेको छ।
यो जीत मोदीको जादू र भाजपा-को विकासमुखी एजेण्डाको प्रमाण रहेको जसले आप सरकारको तुष्टीकरण र भ्रष्टाचारको राजनीतिलाई ओझेलमा पारेको सिक्किम प्रदेश भाजपा-ले विज्ञप्ती जारी गरेर बताएको छ। दिल्लीका जनताले भाजपा-मा आफ्नो विश्वास व्यक्त गरेको र भाजपा यस जनादेशप्रति गहिरो आभारी रहेको सिक्किम प्रदेश भाजपा-को भनाइ रहेको छ।
हामी भाजपाका कार्यकर्ताहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्छौं, जसले यो ऐतिहासिक जित सुनिश्चित गर्न अथक परिश्रम गरेका छन्। उनीहरूको निस्वार्थ प्रयासले दिल्ली र सम्पूर्ण राष्ट्रको उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गरेको छ, सिक्किम प्रदेश भाजपाले विज्ञप्तीमा भनेका छन्। यसको साथै पार्टीले कुशल नेतृत्व र मार्गदर्शनको निम्ति को निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी प्रति आभार पनि व्यक्त गरेको छ।
दिल्ली विधानसभा चुनाउमा भारतीय जनता पार्टीको यो भव्य जीत दिल्ली साथै राष्ट्रका जनताको निम्ति समृद्धि र विकासको अग्रदूत बन्नोस भन्ने सिक्किम प्रदेश भाजपा-को कामना रहेको छ।

About Author

Advertisement