दिलाराम स्वास्थ्य केन्द्रको विधिवत् उद्घाटन

IMG-20240216-WA0219.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङ-सन्त मेरिज समष्टि अन्तर्गत दिलारामस्थित नव-निर्मित स्वास्थ्य केन्द्र (स्वास्थ्य एवं कल्याण केन्द्र)-को आज विधिवत् रुपमा उद्घाटन गरियो। समष्टिका सभासद नुरी शेर्पाको प्रमुख आतिथ्यमा रहेको उद्घाटन कार्यक्रममा खरसाङ खण्ड पञ्चायत समितिका सभापति अनु प्रधान, खरसाङ नगरपालिका बीओए उपाध्यक्ष सुबास प्रधान, स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पा, सुकना स्वास्थ्य केन्द्रका स्वास्थ्य अधिकारी (बीएमओएच), मार्गरेट्स होप चियाबगानका प्रबन्धक प्रशान्त थापा, सह-प्रबन्धक रामकुमार राई, गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायत प्रधान पेम्बा तामङ, सन्तमेरिज एक ग्राम पञ्चायत अन्तर्गत पञ्चायत समिति सदस्या प्रमिला तामङ, पञ्चायत उप-प्रधान कनिशा तामङ, क्षेत्रीय पञ्चायत सदस्या रेणुका राई एवं अन्य पञ्चायत सदस्य/सदस्यागण, भागोप्रमो समष्टि युवा शक्ति सभापति उर्गेन घिसिङ, दिलाराम शाखाका सचिव रञ्जीत तामङ, एवं सदस्य/सदस्यागण, आशा कर्मी, आईसीडीएस लगायत समष्टि अन्तर्गत रहेका विभिन्न शाखाका प्रतिनिधिगण एवं स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अधिनस्त रहेका खरसाङ अभियन्त्रित विभागद्वारा नव-निर्मित यो स्वास्थ्य केन्द्रले निश्चयनै क्षेत्रीय वासिन्दाहरु लाभान्वित रहने छन् अनि स्वास्थ्यलाई अझ सुदृढीकरण गर्न हेतु क्षेत्रीय वासिन्दाहरुको सुविधालाई मध्यनजर राखेर कर्म नै हाम्रो सिद्धान्तको मूल मन्त्रलाई आत्मासात गर्दै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको कार्यशैली एवं दूरदर्शि सोँचको कारण सो स्वास्थ्य केन्द्र पाएकोमा स्थानीय वासिन्दाहरुद्वारा हर्ष प्रकट गर्दै कृतज्ञता पनि प्रकट गरेका छन् भने क्षेत्रीय सभासद नुरी शेर्पाको सही तत्परता, देख-रेख एवं निगरानीको कारण आज सो स्वास्थ्य केन्द्र दिलाराम क्षेत्रमा उपलब्ध हुन सकेकोमा स्थानीयहरुद्वारा अति प्रसन्नताको साथ कृतज्ञता पनि प्रकट गरियो।
समष्टि जोनल सभापति बसन्त कुलुङ राईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा भागोप्रमो समष्टि युवा शक्ति सचिव दिपेश तामङद्वारा स्वागत वक्तव्य राखियो। यस कार्यक्रमा सुबास प्रधान, प्रशान्त थापा, रामकुमार राई, सुकना बीएमओएच लगायत अन्य सदस्यहरुद्वारा सम्बोधन गरियो भने खरसाङ अभियन्त्रित विभागका सह-अभियन्ता रिवाज बसेल अनि उप-सह अभियन्ता नवराज थापा पनि उपस्थित रहेका थिए।

उक्त स्वास्थ्य केन्द्रका एजेन्सी फूर्बा रुम्बा एवं उनका सहयोगीहरुद्वारा निर्माण गरिएको हो। यसका साथै क्षेत्रीय सभासद नुरी शेर्पाद्वारा स्वास्थ्य विभागलाई आधिकारिक रुपमा उक्त स्वास्थ्य केन्द्रको चाबी पनि हस्तान्तरण गरिेएको जानकारी समष्टि प्रचार-प्रसार सचिव बिराज थापाले दिएका छन्।

About Author

Advertisement