दिपेन गुरुङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20230319-WA0121.jpg

अलगडा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अलगडामा आयोजित कर्मी सभामा हाम्रो पार्टीका दिपेन गुरुङ लगायत अन्य ११ जना बीजीपिएम पार्टीमा सामेल भएका छन्। दिपेन गुरुङले गत जी टी ए चुनावमा हाम्रो पार्टीको मन्सोङ रंग्पु समष्टिका सभासद उम्मेदवार रहेर चुनाव लडेका थिए।

दिपेन गुरुङ अनि अन्यलाई पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा अनि कालेबुङका विधायक रूदेन सादाले खादा अर्पण गरेर पार्टीमा स्वागत जनाए।

दिपेन गुरुङले सामेल पछि भने, “हाम्रो क्षेत्रको सभासद विरे ज्यूको काम देखि हामी प्रभावित भएका छौं। हाम्रो ३९ नम्बर समष्टिको उत्थान गर्ने सुनौलो अवसर आएको समय देखेर हामी सबैले सल्लाह गरेर बी जी पि एम मा सामेल हुने निर्णय लिएर आज हामी सामेल भएका हौ। मलाई भोट दिने जनताहरु संग पनि मैले सामेल हुनु अघि सल्लाह गरेको छु।”

त्यसरी नै अलगडा समष्टि क्षेत्रको सिरिसेबाट पनि ६० परिवार भागोप्रमोमा सामेल भए।

About Author

Advertisement