नयाँ दिल्ली: भारतीय खेल प्रशासनका दिग्गज तथा लामो समयसम्म भारतीय ओलम्पिक संघ (आईओए)-का अध्यक्ष रहने सुरेश कलमाड़ीको मंगलवार बिहान पुणेको एउटा अस्पतालमा निधन भयो। उनी ८१ वर्षका थिए। पारिवारिक सूत्रबाट थाहालागे अनुसार, कलमाड़ी गत केही समयदेखि अस्वस्थ्य थिए अनि मंगलवार बिहान लगभग ३ः३० बजी उनको निधन भयो। उनले आफूपछि पत्नी, एकजना छोरा, बुहारी, दुईजना विवाहित छोरी, एकजना ज्वाईं र नाती-नातिनीहरूले भरिएको परिवार छोड़ेर गएका छन्। उनको निधनको खबर आउनको साथै खेल र राजनीतिक जगतमा शोकको लहर दौड़ियो। कलमाड़ी भारतीय खेल प्रशासनमा एकजना प्रभावशाली व्यक्ति रहे। उनले १९९६-देखि २०११-सम्म आईओए अध्यक्षको रूपमा कार्य गरे अनि यस अवधि उनी देशका सबैभन्दा लामो समयसम्म सेवा दिने आईओए अध्यक्षहरूमा सामेल रहे। उनको कार्यकालको अवधि भारतीय खेलहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति अझ मजबूत गऱ्यो। १९४४-मा जन्मिएका सुरेश कलमाड़ीले आफ्नो करियरको शुरुवात भारतीय वायुसेनाका फाइटर पाइलटको रूपमा गरेका थिए। उनले १९६५ र १९७१-को भारत-पाक युद्धहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनले राजनीतिमा कदम हालेका थिए अनि कंग्रेस पार्टीका नेताको रूपमा पुणेबाट धेरैपल्ट लोकसभाको प्रतिनिधित्व गरे। उनी केन्द्र सरकारमा मन्त्री पनि रहे।
आईओए बाहेक कलमाड़ीले एशियन एथलेटिक्स एसोसिएशनका अध्यक्ष र इण्टरनेशनल एथलेटिक्स फेडरेशन काउन्सिलका सदस्यको रूपमा पनि काम गरे। यसकारण उनलाई अन्तर्राष्ट्रिय स्तरमा भारतका सबैभन्दा प्रभावशाली खेल प्रशासकहरूमा एक मानिन्छ। कलमाड़ीको आईओए कार्यकालमा भारतले २००८ बेजिंग ओलम्पिकमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो, जब अभिनव बिन्द्राले देशलाई पहिलो व्यक्तिगत ओलम्पिक स्वर्ण पदक दिलाएका थिए। यसबाहेक २०१०-मा दिल्लीमा आयोजित कमनवेल्थ गेम्सको आयोजन समितिका उनी चेयरम्यान पनि रहे, जसले उनलाई वैश्विक पहिचान दिलायो। कलमाड़ीको पुणेको खेल ढाँचाको विकासमा पनि ठूलो योगदान रह्यो। पुणे इण्टरनेशनल म्याराथन जस्तो पहल उनको प्रयासहरूको परिणाम थियो, जुन अहिले भारतीय रोड रनिंग क्यालेण्डरको महत्त्वपूर्ण हिस्सा बनेको छ।










