दार्जीलिङ तराई डुवर्स चिया सुरक्षा समितिको २४ घण्टे अनशन समाप्त

IMG-20250302-WA0282

चियाबारी सम्बन्धि ३ वटा सरकारी अधिसूचना दहन

दार्जीलिङ: दार्जिलिङ दार्जीलिङ तराई डुवर्स चिया सुरक्षा समितिले आयोजनामा‌ गरिएको २४ घण्टे अनशन समाप्त भएको छ। आज अनशनको अन्त्य गर्दै चौरस्ता परिसरमा चियावारीसम्वन्धी जारी ३ वटै सरकारी अधिसूचनाहरु दहन गरियो। श्रमिक एकता जिन्दावादको चर्को नाराबीच दार्जीलिङ तराई डुवर्स चिया सुरक्षा समितिकी अध्यक्षा एंव अधिवक्ता बन्दना राईद्वारा च्यातिएको उक्त अधिसूचनाहरु जलाइएको छ।
अर्कोतिर टी टुरिजम, ५ डेसिमल अनि ३० प्रतिशत भूमि आवण्टनबारे जारी सबै प्रकारको अधिसूचनाहरु फिर्ता लिनपर्ने मागमा अडिग दार्जीलिङ तराई डुवर्स चिया सुरक्षा समितिले चियाबारी क्षेत्रमा विरोध प्रदर्शनीसँगै भोलिदेखि शुरू हुने उच्च माध्यमिक परीक्षा समाप्तिपछि उत्तर कन्यासम्म वृहत प्रतिवाद जुलुस गर्ने अधिवक्ता राईले चेताउनी दिएकी छन्।

About Author

Advertisement