प्रधान नगर फूटबल क्लब (पीएनएफसी)-को तत्त्वावधानमा आयोजित दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टमा दार्जीलिङ टाउन भेटरन्स च्याम्पियन भयो। चम्पासरी नजिक मार्गरेट स्कूल मैदानमा आइतवार भएको फाइनलमा दार्जीलिङ टाउन भेटरन्सले सिक्किम बोइज भेटरन्सलाई टाईब्रेकरमा ७-६-ले पराजित गऱ्यो। च्याम्पियन टीमलाई छेवांग लामा स्मृति विनर्स ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई डोमा शेर्पा स्मृति रनरअप् ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा विशिष्ट अतिथिको रूपमा डिकीला शेर्पा उपस्थित थिइन्। उनले नै विनर्स र रनर अप् ट्रफीको साथमा नगद पुरस्कार स्पन्सर गरेकी थिइन्।यसको साथमा पूर्व अन्तर्राष्ट्रिय फूटबलर राजेन गोलेलाई उनका उपलब्धिहरूका निम्ति सम्मानित गरियो।
व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द टुर्नामेण्टः बिमल बागदास (सिक्किम बोइज)
बेस्ट डिफेण्डरः वांगचुक भूटिया (सिक्किम बोइज)
प्लेयर अव् द म्याचः राकेश लामा (दार्जीलिङ टाउन भेटरन्स)
बेस्ट गोलकीपरः खालिंग (घूम भेटरन्स)










