दार्जीलिङ टाउन भेटरन्स क्लब विजयी

IMG_20220905_001941.jpg

४ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा आइतवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा भएको पूल जी-को म्याचमा दार्जीलिङ टाउन भेटरन्स क्लबले दार्जीलिङ फूटबल क्लबलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट फि़ञ्जो वांगदीले ह्याट्रिक गरे। यसबाहेक गौतम थापाले २ गोल गरे। म्याचमा भेटरन्स टीम विरुद्ध लाजमर्दो हारको सम्मुखीन हुने दार्जीलिङ फूटबल क्लबबाट अश्विनी सुब्बा र छेण्डुप भूटियाले १-१ गोल गरे। यसरी नै डिस्ट्रिक्ट दार्जीलिङ हस्पिटल स्पोर्टिंग क्लब र सिंगमारी लायन्स क्लबबीच खेलिएको ग्रुप एच-को म्याच २-२-ले ड्र रह्यो। म्याचमा डिस्ट्रिक्ट दार्जीलिङ हस्पिटल स्पोर्टिंग क्लबबाट नीरव राईले २ गोल गरे। यसरी नै सिंगमारी लायन्स क्लबबाट अभिषेक बीके र पाल्देन तामाङले १-१ गोल गरे।

About Author

Advertisement