दार्जीलिङ जिल्ला पुस्तक मेलामस वैष्णवी प्रोडक्सन नाट्य टोलीद्वारा जनचेतनामूलक नाटक “रक्तदान महादान” मञ्चन

IMG-20251125-WA0075

दार्जिलिङ: ३०औँ दार्जीलिङ जिल्ला पुस्तक मेलाको दोस्रो दिन आज वैष्णवी प्रोडक्सन नाट्य टोलीले जनचेतनामूलक नाटक “रक्तदान महादान” मञ्चन गर्यो। उक्त नाटकका कलाकारहरू रिना राया, आदित्य राया, सिवानी छेत्री र प्रीया थामीले आकर्षक, रोचक र मनमोहक अभिनय प्रस्तुत गरेका थिए। कलाकारहरूको दमदार प्रस्तुतिले कार्यक्रमलाई जीवन्त बनाउनुका साथै दर्शकहरूलाई रक्तदानको आवश्यकता र महत्व तर्फ ध्यानाकर्षण गराएको थियो। रक्तदान सम्बन्धी महत्वपूर्ण सन्देश बोकेको नाटक मञ्चन गर्ने अवसर प्रदान गरेकोमा वैष्णवी प्रोडक्स नाट्य टोलीको तर्फबाट सिवानी छेत्रीले लोकल लाइब्रेरी अथोरिटीप्रति कृतज्ञता प्रकट गरेकी छन्। आज भएको कार्यक्रम अवधि डिस्ट्रीक लाईब्रेरी अफिसर अमृत सुब्बा लगायत दार्जीलिङ वरिपरि क्षेत्रहरूबाट आएका बिभिन्न गण्यमान्य व्याक्तीत्वहरुको उपस्थिति रहेको थियो।
लोकल लाइब्रेरी अथोरिटी, जीटीए दार्जीलिङको आयोजनामा स्थानीय गोर्खा रंगमञ्च भवन परिसरमा चार-दिवसीय पुस्तक मेला चली रहेको छ।

About Author

Advertisement