आज हामीले स्वतन्त्रता सेनानीहरू र संविधान निर्माताहरूलाई सम्झना गर्दै उनीहरूले देखाएको बाटोमा हिँड्नुपर्छ: जिल्ला शासक
दार्जीलिङ: भारतको ७५औँ गणतन्त्र दिवस दार्जिलिङमा पनि मनाइएको छ । ७५औँ गणतन्त्र दिवस कार्यक्रम औपचारिक रुपमा दार्जीलिङको चौरस्ता परिसरमा मनाइएको छ । दार्जिलिङ जिल्ला शासक प्रीति गोयलले एसपी दार्जिलिङ प्रवीण प्रकाश र अन्य अधिकारीहरुका साथमा सर्वप्रथम राष्ट्रिय झण्डा फहराउनु भएका थिए। चौरस्ता मलमा भएको परेडमा जिल्ला पुलिस र सिभिल भोलेन्टियर ५औं बङ्गाल एनसीसी र अग्नि शमन विभागको सहभागितामा विभिन्न संघ संस्थाहरूद्वारा देशभक्ति गीतहरू र सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरी गणतन्त्र दिवस मनाइएको छ। यस अवसपमा ट जिल्ला शासक आईएएस प्रीति गोयलद्वारा परेडको सलामी ग्रहण गरेका थिए। कार्यक्रममा आफ्न सम्बोधन राख्दै जिल्ला शासक प्रीति गोयलले नेपाली भाषामा आफ्नो सम्बोधन शुरु गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए। उनले आफ्नो सम्बोधनमा जिल्ला शासकले यो ऐतिहासिक दिनमा हामीले देशको स्वतन्त्रता सेनानी र संविधान निर्माताहरूलाई सम्झना गर्नुपर्छ अनि उनीहरूले देखाएको बाटोमा हिँडेर देश निर्माण र विकासमा सहयोग गर्नुपर्छ भनी बताइन्। उनले पश्चिम बंगाल सररकारको विभिन्न परियोजनाहरूमार्फत् मानिसहरूले सुविधाहरू पाईरहेको अवगत गराउँदै विशेष गरेर द्वारे सरकार र पहाडी समाधानमार्फत् मानिसहरूले विभिन्न सरकारी परियोजनाहरूको सुविधा उपभोग गरिरहेको जनाइन्। जिल्ला शासक गोयलले विभिन्न सरकारी योजनाहरूको सुविधा मानिसहरूले पायोस् भने विभिन्न क्याम्पहरू सफलतापूर्वक सम्पन्न गरिएको पनि बताइन्। उनले सबैले मिलेर मातृभूमिलाई उच्च राखेर सेवा गर्ने अनि देशको विकासमा सहयोग गर्ने आह्वान् गरिन्।








