दार्जीलिङमा सिक्किमे कराते टोलीको उत्कृष्ट प्रदर्शनी

IMG-20250526-WA0227

गान्तोक: सिक्किम मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमीमा तालिम लिइरहेको आर्किगोस प्रिपरेटरी एकाडेमी सिङतामका विद्यार्थीहरूको एक टोलीले दार्जीलिङको भानु भवनमा आयोजित दोस्रो राष्ट्रिय कराते च्याम्पियनशीपमा भाग लिए। सिक्किम राज्यको प्रतिनिधित्व गर्ने टोलीको नेतृत्व सुशील छेत्रीले गरेका थिए। विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनी गरेका छन्। यसअन्तर्गत आदित्य प्रधानले स्वर्ण पदक जितेका छन्। समीक्षा तामाङले स्वर्ण पदक अर्दीप सुब्बाले काँस्य पदक हासिल गरेका छन्। यसरी नै अभिनम राई र साईहाङ सुब्बाले काँस्य पदक जितेका थिए। यस प्रतियोगितामा सिक्किम राज्यलाई दोस्रो उपविजेता घोषमा गरियो। उक्त कार्यक्रममा दार्जीलिङ संसदीय क्षेत्रका सांसद राजु विष्ट प्रमुख अतिथिका रुपमा उपस्थित थिए। सांसद विष्टले प्रत्येक विद्यार्थीलाई आत्मरक्षाबारे तालिम तथा शारीरिक गतिविधिहरूमा संलग्न भएर फिट र स्वस्थ रहने सल्लाह दिए।

About Author

Advertisement