दार्जीलिङमा युवाहरूको ठूलो सहभागिता

FB_IMG_1773919039275

अनूप गदालको नेतृत्वमा एउटा समूह बीजेपी परिवारमा प्रवेश

दार्जीलिङ: आज दार्जीलिङ, तराई र डुअर्स क्षेत्रका विभिन्न भागका युवा नेताहरू भारतीय जनता पार्टी (बीजेपी) परिवारमा प्रवेश गरेका छन्। यस अवसरमा मिरिक दुधेका अनूप गदालको नेतृत्वमा मिरिक उप–प्रभागका युवाहरूको समूहसहित खरसाङ र कालिम्पोङ विधानसभा क्षेत्रका सदस्यहरू पनि सहभागी भए भनि सांसद राजु विष्टले संजाल मार्फत जानकारी गराए।
उनले भने अनुप गदाल लगायत समुहले बीजेपीमा प्रवेश गर्ने निर्णयले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति स्थानीय जनताको बढ्दो विश्वास र पारदर्शी शासन, समावेशी विकास तथा दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रका जनता र युवाहरूका आकांक्षाहरू पूरा गर्ने साझा दृष्टिकोणको पुष्टि गर्दछ।
कार्यक्रममा सहभागी युवाहरूको उद्देश्य र प्रतिबद्धताको सराहना गर्दै सांसदले भने कि उनीहरू क्षेत्रको विकास र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन प्रतिबद्ध छन्। स्थानीय समस्याहरू समाधान गर्न र युवाहरूका लागि अवसर सिर्जना गर्न आगामी दिनहरूमा नजिकबाट काम गरिनेछ।
यस अवसरमा बीजेपी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष राजेन मुखिया, मण्डल अध्यक्ष बिनिता सुब्बा र अन्य वरिष्ठ नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रह्यो।

About Author

Advertisement