दार्जीलिङमा आज पानी पर्ने सम्भावना, शुक्रबारदेखि कोलकातामा मोचाको प्रभाव पर्ने सम्भावना

cyclone-copy-3

कोलकाता: मङ्गलबार साँझ, दक्षिण-पूर्वी बङ्गालको खाडी र छेउछाउको दक्षिण अण्डमान सागरमा बनेको गहिरो न्यून चापले आज अर्थात् बुधबार थप बल बढाउनेछ। मौसम विभागका अनुसार चक्रवात मोचा शुरुमा उत्तर–उत्तरपश्चिम सर्ने र ११औँ दिनपछि उत्तर–उत्तरपश्चिमबाट बङ्गलादेश–म्यानमारको तटीय क्षेत्रतर्फ सर्नेछ। भोलि अर्थात बिहीबार हावाहुरीको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार र शनिबार हावाको गति १३० देखि १४० किमी प्रतिघण्टा, अधिकतम १५० किलोमिटर जाने सम्भावना छ। यद्यपि मोचा कहिले र कहाँ प्रहार हुनेछ, अझै स्पष्ट छैन। यहाँ मौसम विभागले मोचाको प्रभावका कारण कोलकाताको तापक्रम केही समय तातो रहनसक्ने जनाएको छl तर आज अर्थात बुधबार दार्जीलिङमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कोलकातामा शुक्रबारदेखि पानी पर्ने सम्भावना छ। उत्तर बाङ्गोपसागर क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म जालहारीहरूलाई समुन्द्रमा जान निषेध गरिएको जानकारी दिइएको छ। शुक्रबारदेखि आइतबारसम्म विभिन्न जिल्लामा पानी पर्ने सम्भावना रहेको छ। हाल, मौसम विभागले २४ परगना र मिदनापुर दुवैमा तीन दिनसम्म वर्षाको सम्भावना व्यक्त गरेको छ। तर, मोइचा अझै तयार नभएकाले यसको शक्ति र दिशाबारे केही भन्न नसकिने मौसमविदको भनाइ छ। यसैबीच, सप्ताहन्तमा राज्यमा वर्षाको पूर्वानुमान छ, तर मोचाको प्रभाव छ कि छैन, केहि भन्न सकिन्न।

About Author

Advertisement