दार्जीलिङको चिडियाखाना बन्यो भारतभरको सर्वश्रेष्ठ चिडियाखाना

00-Padmaja-Naidu-Himalayan-Zoological-Park

दार्जीलिङ: दार्जीलिङको अवस्थित पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क देशकै सर्वश्रेष्ठ चिडियाखाना घोषित भएको छl कोलकाताको अलिपुर चिडियाखाना चौथो स्थानमा परेको छ। १० सेप्टेम्बरमा भुवनेश्वरमा चिडियाखाना निर्देशक सम्मेलन आयोजना गरिएको थियो। यसैबीच, केन्द्रीय चिडियाखाना प्राधिकरणले देशभरका चिडियाखानाहरूको वरीयता सूची जारी गरेको छ। उल्लेखनीय छ, देशभर करिब १५० चिडियाखाना छन्। सूचीअनुसार चेन्नईको अरिग्नार अन्ना जुलोजिकल पार्कले दोस्रो र कर्नाटकको मैसूरको श्री चामराजेन्द्र प्राणी उद्यानले तेस्रो स्थान हासिल गरेको छ। पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क निर्देशक बसवराज होल्याचीले भने, ‘यो सम्मानबाट हामी उत्साहित छौं र यसको श्रेय सबै चिडियाखानाका कर्मचारीहरूलाई जान्छl’ केन्द्रीय चिडियाखाना प्राधिकरणले व्यवस्थापन र प्रभावकारिता जस्ता विभिन्न मापदण्डहरूको आधारमा सबै चिडियाखानाहरूको मूल्याङ्कन गरेको थियो। दार्जीलिङको यस चिडियाखानाले सबैभन्दा बढी ८३ प्रतिशत अंक प्राप्त गरेको चिडियाखानाका निर्देशकले बताएका छन्।

About Author

Advertisement